दफा ६६
असल नियतले गरेको काम कारबाहीप्रति जवाफदेही नहुने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्यपालनको सिलसिलामा असल नियतले गरेको काम कारबाहीप्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन ।